Saturday, July 14, 2012

GHAZAL


गजल

 हेर्दै लाग्थ्यो ज्यानमारा नजर निष्ठुरीको |
फूल सरि फूलेको थ्यो अधर  निष्ठुरीको |
.
घायल  हुँन्थे देख्ने सबै त्यो बैँशालु जोबन् ,
रुप भन्दा बैमानी थ्यो कम्मर निष्ठुरीको |
.
चर्चा थियो गाउँ शहर अखबारमा उन्कै ,
अनौठो थ्यो फैलिएको खबर निष्ठुरीको |
.
न त  मैले भुल्नै सके उन्को मधुर बोली ,
रहेकै छ दिलमा अझैं असर निष्ठुरीको |
.
छाडी गईन एक्लै पारी मलाई मायाँ मारी ,
छाती माँझ थियो सायद पत्थर निष्ठुरीको |

Saturday, June 30, 2012


गजल - बिरोध क्षेत्री " रदिफ"


लिनु छ भने ठम्याई लिनु
सबैको दिलमा अटाई लिनु 

हिड्नु सधै भर शिखरको बाटो
जिन्दगी भरी उचाई लिनु 

भोका पेटलाई चाहारा दिन
जो संग हुन्छ हप्काई लिनु 

Friday, June 15, 2012

हाम्रो समुह


गजल


**गजल**
असल काम   गर्नेको नै, नाम प्रखर हुन्छ |
समाजमा, सधैँ उस्को उच्च  कदर हुन्छ |
.
पाल्नु हुन्न मस्तिष्कमा, कुनै स्वार्थी विचार ,
नत्र त्यहि  विचार भोली ,घातक जहर हुन्छ |
.
तेरो मेरो  भन्ने छाडी ,   हाम्रो भने सबले ,
लक्ष्य चुम्न नेपालीको,  एउटै सफर हुन्छ |
.
हिंसा हटाई  देशै बाट,   गाए शान्ति गीत ,
दुनियाँमै   यो राष्ट्रको,   शुभ खबर हुन्छ |

टिका खड्का (राष्ट्रप्रेमी)
मधुमल्ला -४
मोरंग ,