Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts
Saturday, July 14, 2012
GHAZAL
गजल
हेर्दै लाग्थ्यो ज्यानमारा नजर निष्ठुरीको |
फूल सरि फूलेको थ्यो अधर निष्ठुरीको |
.
घायल हुँन्थे देख्ने सबै त्यो बैँशालु जोबन् ,
रुप भन्दा बैमानी थ्यो कम्मर निष्ठुरीको |
.
चर्चा थियो गाउँ शहर अखबारमा उन्कै ,
अनौठो थ्यो फैलिएको खबर निष्ठुरीको |
.
न त मैले भुल्नै सके उन्को मधुर बोली ,
रहेकै छ दिलमा अझैं असर निष्ठुरीको |
.
छाडी गईन एक्लै पारी मलाई मायाँ मारी ,
छाती माँझ थियो सायद पत्थर निष्ठुरीको |
Saturday, June 30, 2012
गजल - बिरोध क्षेत्री " रदिफ"
लिनु छ भने ठम्याई लिनु
सबैको दिलमा अटाई लिनु
हिड्नु सधै भर शिखरको बाटो
जिन्दगी भरी उचाई लिनु
भोका पेटलाई चाहारा दिन
जो संग हुन्छ हप्काई लिनु
Subscribe to:
Posts (Atom)