Friday, June 15, 2012
गजल
**गजल**
असल काम गर्नेको नै, नाम प्रखर हुन्छ |
समाजमा, सधैँ उस्को उच्च कदर हुन्छ |
.
पाल्नु हुन्न मस्तिष्कमा, कुनै स्वार्थी विचार ,
नत्र त्यहि विचार भोली ,घातक जहर हुन्छ |
.
तेरो मेरो भन्ने छाडी , हाम्रो भने सबले ,
लक्ष्य चुम्न नेपालीको, एउटै सफर हुन्छ |
.
हिंसा हटाई देशै बाट, गाए शान्ति गीत ,
दुनियाँमै यो राष्ट्रको, शुभ खबर हुन्छ |
टिका खड्का (राष्ट्रप्रेमी)
मधुमल्ला -४
मोरंग ,