Saturday, June 30, 2012

गजल - बिरोध क्षेत्री " रदिफ"


लिनु छ भने ठम्याई लिनु
सबैको दिलमा अटाई लिनु 

हिड्नु सधै भर शिखरको बाटो
जिन्दगी भरी उचाई लिनु 

भोका पेटलाई चाहारा दिन
जो संग हुन्छ हप्काई लिनु 


सम्मान र सत्कार पाउनु पर्छ
आफ्नो पौरख देखाई लिनु 

सफलता सधै रोजेर हिंड
सफल बनि बधाई लिनु 

बिरोध क्षेत्री " रदिफ"